सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सिंहदरबार पुगेका जेनजी घाइतेलाई प्रहरीको भ्यानबाट प्रवेश

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न भन्दै सिंहदरबार पुगेका जेन–जी आन्दोलनका घाइतेहरूलाई प्रहरीको भ्यानमार्फत प्रधानमन्त्री र गृह मन्त्रालयमा लगिएको छ ।

जेन—जी आन्दोलन हाइज्याक गरिएको भन्दै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका आन्दोलनका घाइतेहरू आक्रोशित भएपछि प्रहरीले भ्यानमार्फत प्रधानमन्त्रीसँग भेट गराउन लगेको हो ।

उनीहरूले हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रोश समेत व्यक्त गरेका थिए ।

घाइतेहरूले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी चेतावनी दिँदै सुदन गुरुङलाई जेन—जी पुस्ताको नेता मान्न नसकिने समेत बताएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »