काठमाडौं । नेपाली संगीत क्षेत्रमा अर्को नयाँ गीत ‘पायल’ सार्वजनिक भएको छ। यस गीतलाई गायक मनमोहन थपलियाले स्वर दिनुभएकाे छ भने शब्द तथा संगीत बिर्भद्र आचार्यको रहेको छ।
गीतको एरेञ्ज योगेश काजी शाहले गर्नुभएकाे हाे भने मिक्स/मास्टरिङ मनोज परियारले सम्पन्न गर्नुभएकाे छ । भिडियोमा मनिषा बस्नेत र सुरेन्द्र दियालीको अभिनय देख्न सकिन्छ। कोरियोग्राफी पनि मनिषा बस्नेतले नै गर्नुभएकाे छ।
भिडियोको छायांकन दिपक पराजुली (DOP) ले गर्नुभएकाे छ भने असिस्टेन्ट क्यामेरा रामेश पराजुलीकाे रहेकाे छ । सम्पादन तथा कलरिङ विकाश धमलाले गर्नुभएकाे हाे ।
निर्देशनमा चर्चित निर्देशक निकेश खड्का रहनुभएकाे छ । भिडियोमा मेकअप आर्टिस्ट (MUA) सरिता मगरले गर्नुभएकाे छ भने लाइटम्यानका रूपमा हर्का पहाडी र तैलान राईले गर्नुभएकाे छ । प्रोडक्सन म्यानेजर सुदिप ढकाल रहनुभएकाे छ ।
संगीतप्रेमीलाई लक्षित गर्दै सार्वजनिक गरिएको यो गीतलाई म्युजिक नेपालले बजारमा ल्याएको हो।








