काठमाडौँ । प्यालेस्टिनी विद्रोही संगठन हमासले थप १३ जना जीवित बन्धकलाई हस्तान्तरण गरेको छ । पहिलो चरणमा ७ जनालाई पठाइएको थियो ।उनीहरु सबै इजरायली नागरिक हुन् ।
इजरायली सेनाले सबै जीवित बन्धकहरु रिहाइ भएको पुष्टि गरेको छ ।
रिहाइ गरिएकालाई भिडियो कलमार्फत परिवारसँग कुराकानी गर्न दिइएको छ ।
रिहा भएका बार कुपरस्टाइनकी आमा जुलीले छोरोसँग भिडियोमा कुरा भएको बताइन् ।
‘मैले दुई वर्षपछि मेरो छोरालाई देखेँ । सबै ठिक छ,’ उनको भनाइ उदृत गर्दै इजरायली मिडिया हेरताजले लेखेको छ, ‘मैले आकाशतिर चिच्याएँ । बच्चाहरू जीवित देख्दा अविश्वसनीय लाग्यो । मेरा सारा शरीर कापिरहेको छ ।’
हमासले जीवित बन्धकको रिहाइ गरिसकेपछि मृतकको शव हस्तान्तरण गर्ने जनाएको छ ।
हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई सबै मृतकको शव हस्तान्तरण गर्ने तयारी भएको बताएका छन् । तर यसको समय भने तोकिएको छैन ।








