सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु

नेपालगञ्ज , इस्लामी संघ नेपालले आजदेखि मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको सदुपयोगका लागि प्रेरित गर्न देशब्यापी जागरण अभियान सुरु गरेको छ ।

संघले ६ दिने अभियानको शुभारम्भ गर्दै सकारात्मक र निर्माणात्मक सोचलाई विकास गर्न समाजका सबै बर्गलाई अपिल समेत गरेको छ । मोबाइल र सामाजिक सञ्जालको अत्यधिक, अनाबश्यक, अनियन्त्रित र अनुचित प्रयोगले समाजलाई एक्लोपन र नैतिक पतनको खाडलतर्फ धकेलिरहेको भन्दै अभियानको आबश्यकता महसुस गरेर जागरण अभियान थालिएको इस्लामी संघ नेपाल लुम्बिनी प्रदेश पश्चिमका अध्यक्ष ओबैदुर्रहमान खानले बताए ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत संघले अभियानको कार्यतालिका सार्वजनिक गरेको हो । नेपालगञ्जको जैसपुरबाट अभियान शुभारम्भ गरिएको छ ।

विद्यालय, मदरसालाई केन्द्रित गरी अभियान चलाइने सचिव बद्रे आलम खानले जानकारी दिए । अहिलेको युग बैज्ञानिक प्रगति र डिजिटल क्रान्तिको युग भएको तथा मोबाइल फोन र समाजिक सञ्जाल निःसन्देह ठूलो बरदान भए पनि यसको सही प्रयोग आवश्यक रहेको बताउँदै अध्यक्ष खानले अनुचित प्रयोगले समाजलाई हानी गर्ने उल्लेख गरे ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले संघले निकै सान्दर्भिक र सामयिक अभियान थालेको भन्दै यसमा मिडियाको साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »