सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मधेस प्रदेशको सरकार गठन विरुद्ध नेपाल ल क्याम्पसका विद्यार्थीद्दारा सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौं ।  मधेस प्रदेशमा गठन भएको असंवैधानिक सरकार विरुद्ध नेपाल ल क्याम्पसमा दोस्रो सेमिस्टर अध्ययनरत चार विद्यार्थी सत्यराज कार्की ,श्रृजन नेपाल, अभिषेक दंगाल र अमित ठाकुरले आज सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

उनीहरूले कोशी प्रदेशको नजिरलाई आधार मानी, रिट निवेदन दर्ता गरेका हुन् ।

मधेस प्रदेशको प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ ९३० बमोजिम गठन गरिएको सरकार असंवैधानिक हो भन्दै धारा १६८ ९२० बमोजिम सरकार गठन गर्नका लागि रिट निवेदन दर्ता गरेका हुन्।

सोही प्रक्रिया असंवैधानिक भएका कारण अन्य विभिन्न ऋट निवेदन दर्ता भई सुनवाईको प्रक्रियामा छ र थप आज नेपाल ल क्याम्पसका युवा विद्यार्थीले पनि यस सम्बन्धि रिट निवेदन दर्ता गरेका हुन् ।

“५ पटक फरक फरक मुद्दामा सर्वोच्चले प्रतिपादन गरेको सिद्धानलाई कुल्चिएर संविधान, संविधानवाद र विधिको शासनलाई नजरअन्दाज गर्ने परिपाटी विरुद्ध रिट निवेदन दर्ता गरिएको छ। प्रथम दृ्ष्टिमा असंवैधानिक ठहर भइसकेको स्थिति रहेको छ। ” भन्ने दावी निवेदनकारहरुको रहेको छ।

स्रोत :- स्नेहा पराजुली (नेपाल ल क्याम्पस)

भर्खरै

सम्बन्धित खबर

Language »