सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरीले आज पनि पन्छायो बालुवाटार पुगेको मिराज ढुंगानाको टोलीलाई

काठमाडौं। बालुवाटारस्थित प्रधानमन्त्रीको निवास घेराउ गर्न पुगेको गरिखान देऊका संयोजक मिराज ढुंगाना सहितको टोलीलाई प्रहरीले आज पनि पन्छाएको छ।

बुधबार अपराह्न प्रधानमन्त्री निवास पुगेका उनलाई प्रहरीले निषेधित क्षेत्रबाट पन्छाएको हो। प्रहरीले उनीहरूलाई धकेलेर अन्यत्र राखेको हो।

मंगलबार पनि सिंहदरबार पुगेको उनको समूहलाई प्रहरीले अनामनगरको धोबीखोला पुल कटाएको थियो।

सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भनेर उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए। तर प्रवेश नदिएपछि मागपत्र बाहिरै टाँसेर निस्केका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »