सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसएलसी व्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ (उमेश) विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा रहेको श्री शारदा माध्यमिक विद्यालय एसएलसी व्याच २०५५ का अध्यक्ष एवं सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सदस्य तथा युवा व्यवसायी अम्बर बहादुर श्रेष्ठ(उमेश) श्री शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएका छन् ।
लामो समयदेखि व्यवसाय तथा सामाजिक कार्यहरुमा समेत सकृयरहेका श्रेष्ठको पहलमा गत साल सोहि विद्यालयमा विपन्न विद्यार्थिहरुको सहयोगको लागि एसएलसी व्याच २०५५को तर्फबाट अक्षयकोष समेत स्थापना गरिएको थियो ।
यस अगाडीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु बहादुर तिमल्सिनाको कार्यकाल समाप्त भए संगै बाह्रबिसे नगरपालिकाले अध्यक्षमा अम्बर बहादुर श्रेष्ठ (उमेश) सहित सदस्यहरुमा बैकुण्ठ कार्की,बिष्णु गोपाल श्रेष्ठ र शंकर बस्नेतलाई मनोनित गरि आगामी कार्यकालकोलागि चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मनोनित भए संगै अध्यक्ष श्रेष्ठले आफ्नो काँधमा ठुलो जिम्मेवारी थपिएको महसुस भएको बताएका छन् । हाम्रा संवाददाता संगको कुराकानीमा उनले विद्यालयलाई अझ उत्कृष्ट बनाउन के गर्न सकिन्छ भन्ने बिषयमा आफुले प्रारम्भिक खाका तयार गरिसकेको भए पनि बिस्तृत मोडल तयार गरेर मात्र सार्वजानिक गर्ने बताउनु भयो ।
दण्ड हिनताको अन्त्य गर्दै राम्रो काम गर्ने लाई पुरस्कार तथा सम्मान र नियम कानुन बिपरित कार्यगर्नेलाई दण्ड सजायको व्यवस्था गर्दै विद्यालयको शैक्षिक गुणस्तर उच्च बनाउन आफ्नो बिवेक र क्षमताले भ्याए सम्म काम गर्ने श्रेक्ष्ठको भनाई रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »