सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामुदायिक संलग्नता तथा जवाफदेहिता कार्यशाला


नेपालगंज, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा सामुदायिक संलग्नता तथा जवाफदेहिता अन्र्तगत सामुदायिक सूचकाँक सर्वेक्षणको प्रतिवेदन प्रस्तुती तथा पृष्ठपोषण डिजिटलाइजेसन कार्यशाला नेपालगंजमा सम्पन्न भएको छ ।
बाँके जिल्लामा मे २०२५ मा भएको सर्वेक्षणबाट आएको सुझावलाई प्रस्तुतीकरण गरिएको थियो ।

कोबो अनलाइन टूलको प्रयोग, लक्षित समुह छलफल र मुख्य सूचनादाता अन्तरवार्ताको विधि प्रयोग गरी सूचना संकलन गरिएको थियो । बाँके जिल्लामा ४ सय १२ घरधुरीमा गरिएको सर्वेक्षणमा १६ देखि ४३ वर्ष उमेर समूहका महिला पुरुषहरुको बढी सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटीले नमुनाका रुपमा सुदूरपश्चिम, लुम्बिनी र बागमति प्रदेशका ७ वटा जिल्लामा ६८ जना स्वयंसेवक परिचालन गरिएको थियो ।


सर्वेक्षणले नेपाल रेडक्रस सोसाइटीको संस्थागत विश्वास बलियो देखाएको छ । अधिकाँस सूचनादाताहरुले संस्थाको क्षमता, मुल्य र कार्यशैली प्रति सकरात्मक धारणा व्यक्त गरेका छन् तर पारदर्शिता, समुदायको सूचनामा पहँुच÷सहभागितालाई अझ बलियो बनाउन सकेमा विश्वासको स्तर थप मजबुत हुने सुझाव आएको छ । बाँके रेडक्रसको दक्षता र मूल्य मान्यताको विषयमा समुदायले राम्रो धारणा व्यक्त गरेको प्रतिवेदनमा देखिएको छ ।


समुदायले लाभग्राही छनौट, जनचेतना मुलक सूचना टोल टोलमा नपुगेको, स्थानीय भाषा कम प्रयोग भएको, सूचनामा पहुँच नभएको र राजनीतिक हस्ताक्षेप भएको गुनासो समेत गरेका छन् ।
आएको गुनासोलाई ग्रहण गर्दै नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले समुदायले रेडक्रस प्रति देखाएको सदभाव प्रति धन्यवाद दिदै आएको सूचनाको आधारमा हामी सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्धिकी कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपकोषाध्यक्ष दुखीराम लोनिया, उपमन्त्री तेजबहादुर सुवेदी, १७ उपशाखाका सभापति र प्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो भने अभिमुखीकरणको सहजीकरण केन्द्रिय कार्यालयका सरिता ढुंगाना र शर्मिला कर्माचार्यले गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »