सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्री वनकाली आधारभूत विद्यालयको ४७ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. १ पैरेमा रहेको श्री वनकाली आधारभूत विद्यालयको ४७ औं वार्षिकोत्सब अभिभावक भेला तथा पूर्व विद्यार्थी मिलन कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिल प्रसाद कर्मचार्य को अध्यक्षतामा भएको कार्यक्रममा बलेफी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हुप बहादुर खड्का प्रमुख अतिथिको रुपमा रहनु भएको थियो ।
कार्यक्रमका विशेष अतिथिहरुमा समाज सेवी तथा पत्रकार राजकुमार आचार्य, समाजसेवी राधाकृष्ण श्रेष्ठ र समाजसेवी धिर्ज बहादुर कायस्थ रहनु भएको थियो ।
कार्यक्रममा अन्य संघ संस्थाका प्रतिनिधि,अभिभावक तथा भुतपुर्व विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण सोहि विद्यालयकी शिक्षिका बिमला न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न सास्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरन्जन समेत प्रदानगर्नु भएको थियो ।
कार्यक्रमलाई उत्कृष्ट बनाउन शिक्षिका रमा पराजुलीले एकल नृत्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यम श्रेष्ठले विद्यालयका गतिबिधि,आय व्यय एवं सम्भावना र चुनौति तथा विद्यालयको वर्तमान अवस्थाबारे प्रतिवेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थी कल्याणकारी अक्षयकोषबाट प्राप्त ब्याजबाट १५ जना गरिब तथा जेहेन्दार छात्र छात्राहरुलाई रुपैयाँ एक हजारका दरले छात्रवृत्ति वितरण समेत गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »