काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका डा. चन्द्र भण्डारी र डा. सुनिल शर्मा नेतृत्व चयनको प्रक्रियामा नजाने निर्णयमा पुगेका छन्।
पार्टी एकतामा असर पर्ने भन्दै दुवै नेताले फरक–फरक नेतृत्व बनाउने प्रक्रियाप्रति असहमति जनाएका हुन्। शर्माले नेतृत्व चयनले कांग्रेसलाई विभाजनतर्फ लैजाने खतरा रहेको उल्लेख गर्दै आफू अन्तिम समयसम्म सहमतिको प्रयासमै रहने बताएका छन्।
उता डा. चन्द्र भण्डारीले पनि पार्टी फुट्ने कुनै कदममा आफू सहभागी नहुने स्पष्ट पार्दै एकपक्षीय रूपमा नेतृत्व घोषणा गर्ने प्रक्रियाबाट अलग रहने धारणा सार्वजनिक गरेका हुन्।








