सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यी हुन् रास्वपाबाट काठमाडौंमा टुंगिएका ८ उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौंका ८ वटा क्षेत्रको उम्मेदवार टुंगिएका छन्। 

क्षेत्र नम्बर ४ र ५ बाहेक अन्य सबै स्थानमा रास्वपाले उम्मेदवार टुंगो लगाएको हो। 

काठमाडौं क्षेत्र नम्बर १ मा रञ्जु दर्शना उम्मेदवार बनेकी छिन्। यसअघि उनी समानुपातिक सूचीमा बसेकी थिइन्। तर समानुपातिक सूचीबाट उनको नाम हटाइएको थियो।

काठमाडौं क्षेत्र नम्बर २ सुनिल केसी उम्मेदवार भएका छन्। उनी राप्रपाका बागमती प्रदेश सभा २ (१)का सांसद छन्। 

काठमाडौं क्षेत्र नम्बर ३ मा काठमाडौं महानगरका पूर्व महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले टिकट पाएका छन्।

क्षेत्र ६ शिशिर खनाल

क्षेत्र ७ गणेश पराजुली

भर्खरै

सम्बन्धित खबर

Language »