सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

यसअघि शंकर पोखरेललाई हराएकी रेखा यसपालि चुनाव नलड्ने

काठमाडौं ।  तीनवर्षअघि भएको संसदीय निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी नेपाली कम्युनिष्ट पार्टीकी नेता रेखा शर्मा यसपालि चुनाव नै नलड्ने भएकी छन्।

तत्कालिन नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखाले १९६ मतान्तर सहित पोखरेललाई पराजित गरेकी थिइन्। २६ हजार ८ सय ७७ मत ल्याएकी थिइन्।। पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए।

यसपाली पनि दाङ-२ बाट एमाले महासचिव पोखरेल नै उम्मेदवार छन्। माओवादी सहितका पार्टी मिलेर बनेको नेपाली कम्युिनस्ट पार्टीलेले भने यहाँ निर्मल आचार्यलाई उठाउने पक्का जस्तै भएको छ।

दुईचोटी समानुपातिक र एकपटक प्रत्यक्ष जितेर सांसद भएकोले यसपाली आफू चुनाव नलड्ने शर्माले बताइन्।

‘म दुईचोटी समानुपातिक सांसद भएँ। एकपटक प्रत्यक्ष चुनाव जितेँ।  यसपालीको चुनावमा उम्मेदवारी नै दिन्न,’ उनले भनिन्।

यसपाली उनलाई क्षेत्रले सिफारिस पनि गरेको थिएन।

राष्ट्रिय स्वतन्त्र पार्टीले यहाँ सहमहामन्त्री विपिनकुमार आचार्यलाई उम्मेदवार बनाउने भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »