सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सूचक प्रकाशनद्वारा आयोजित स्वामी आनन्द अरुण शिखर अभिनन्दन समारोह सफलतापूर्वक सम्पन्न

काठमाडौंं । सूचक प्रकाशनद्वारा ओशो तपोवनमा आज आयोजित पूज्यपाद बोधिसत्त्व स्वामी आनन्द अरुण शिखर अभिनन्दन समारोह अत्यन्त भव्य, सभ्य र गरिमामय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई,बनाउन विशेष वक्ता वरिष्ठ पत्रकार टिकाराम यात्री, सम्यक् सन्देशका संरक्षक केदारनाथ श्रेष्ठ, बौद्ध अध्येता श्यामलाल चित्रकार, समाजसेवी एवं साहित्यकार लिलादेवी श्रेष्ठ, उपसंयोजक रामराजा बस्नेत, साहित्यकार विमलादेवी अधिकारी, लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव प्रसाद घिमिरे तथा आयोजक समिति सदस्य एवं प्रचारप्रसार समितिका संयोजक जयराम बिडारीलगायत बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले भन्नु भयो “आजको दिन हाम्रो लागि केवल एउटा औपचारिक कार्यक्रमको दिन मात्र रहेन, यो श्रद्धाको उज्यालो, कृतज्ञताको चम्किलो प्रकाश र सद्भावको सुगन्ध बोकेको अविस्मरणीय क्षण बनेर स्मृतिमा अंकित भएको छ” ।
“पूज्यपाद बोधिसत्त्व स्वामी आनन्द अरुणज्यूप्रति समर्पित यस शिखर अभिनन्दन समारोहमा उपस्थित भई कार्यक्रमलाई गरिमा, माधुर्य र आत्मीयताले भरिदिनुहुने सम्पूर्ण महानुभावहरूप्रति सूचक प्रकाशन परिवार हृदयदेखि नतमस्तक हुँदै हार्दिक आभार व्यक्त गर्दछ ” ।
कार्यक्रम शिखर अभिनन्दन संयोजन समितिका संयोजक समाजसेवी रामकुमार बानियाँ ‘कौशिक’को सभापतित्वमा सम्पन्न भएको थियो भने शिखर अभिनन्दन स्रष्टा समन्वय समितिका संयोजक नवीन पल्लवले संयोजन गर्नु भएको थियो ।
प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको गरिमामय उपस्थिति तथा प्रेरणादायी मन्तव्यले समारोहलाई थप गौरव, प्रतिष्ठा र वैचारिक रूपमा विशिष्ट उचाइ प्रदान गरेको स्पष्ट अनुभूति भएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले बताउनु भयो ।
समारोहलाई वैचारिक र भावनात्मक रूपमा अझ समृद्ध बनाउन विशेष वक्ता वरिष्ठ पत्रकार टिकाराम यात्रीले प्रस्तुत गर्नुभएको सारगर्भित विचारले सबैको मनमा चेतना, श्रद्धा र आत्मबोधको दीप प्रज्वलित गरेको थियो ।
शुभकामना मन्तव्य तथा सहकार्यपूर्ण उपस्थितिबाट समारोहको सौन्दर्य र उचाइ बढाइदिनुहुने सम्पूर्ण कवि–कवयित्रीहरू, स्रष्टा, साहित्यप्रेमी, शुभेच्छुक तथा दर्शक महानुभावहरूप्रति सूचक प्रकाशनले अत्यन्त कृतज्ञता व्यक्त गरेको छ ।
रचना वाचन, शुभकामना मन्तव्य तथा सहकार्यपूर्ण उपस्थितिबाट समारोहको सौन्दर्य र उचाइ बढाइदिएको भन्दै सम्पूर्ण कवि–कवयित्रीहरू, स्रष्टा, साहित्यप्रेमी, शुभेच्छुक तथा दर्शक महानुभावहरूप्रति सूचक प्रकाशनले अत्यन्त कृतज्ञता व्यक्त गरेको छ ।
शिखर अभिनन्दन संयोजन समितिका उपसंयोजक रामराजा बस्नेतज्यूको योगदान विशेष रूपमा अविस्मरणीय रहेको थियो । उहाँप्रति सूचक प्रकाशनले हार्दिक धन्यवाद व्यक्त गरेको छ । साथै कार्यक्रमलाई भावनात्मक रूपमा सफल बनाउन निरन्तर प्रेरणा, हौसला र मार्गदर्शन प्रदान गर्नुहुने अरहत स्वामी, कृष्णमोहन स्वामी तथा शोभित स्वामीज्यूहरूप्रति पनि सूचक प्रकाशनले सम्मान व्यक्त गरेकोछ ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ ले भन्नु भयो “ कार्यक्रममा वाचन गरिएका रचनाहरू केवल सृजना मात्र थिएनन् ती श्रद्धाका फूल थिए, सम्मानका उद्घोष थिए र मनसँग मन जोड्ने अपूर्व सेतु थियो । पूज्यपाद स्वामी आनन्द अरुणज्यूबाट व्यक्त गरिएका दिव्य अनुभूति र विशेष सम्बोधन हामी सबैका लागि स्मृतिमा रहने अमूल्य प्रसादसरह बनेको छ । यस कार्यक्रमले हामीलाई पुनः सम्झायो—सम्मान भनेको केवल मञ्चमा सम्पन्न हुने कर्मकाण्ड होइन, यो त मानवता, कृतज्ञता र सद्भावबाट जन्मिने सर्वोच्च संस्कार हो” ।
समारोहलाई सफल पार्न अहोरात्र खटिनुहुने आयोजक समिति, संयोजन समिति, प्रचारप्रसार समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग र्पुयाउनुहुने सम्पूर्ण शुभेच्छुक हातहरूप्रति सूचक प्रकाशन परिवार को तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »