सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय सभा सदस्यमा एमालेकी रोशनी निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको महिला सदस्यमा नेकपा एमालेकी रोशनी मेचे निर्वाचित भएकी छन्।

उनले ६४ जना प्रदेशसभा सदस्य र १९९ स्थानीय तहका जनप्रतिनिधिको मत पाएर राष्ट्रियसभाको यात्रा निश्चित गरेकी हुन्। उनले प्राप्त गरेको कूल मतभार ७ हजार १७३ हो।

उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी नमिता न्यौपानेले २ हजार २६८ मत प्राप्त गरेकी छन्।

उनलाई २२ जना प्रदेशसभा सदस्यले मत दिएका छन्। कोशीमा नेकपाका १७ जना मात्रै प्रदेश सांसद थिए। उनले  कांग्रेस, एमाले, जसपा गठबन्धनबाट ५ जना प्रदेश सांसदको मत आफूतिर तानेकी छन्।

गठबन्धनका स्थानीय तहका १७ जना मतदाताले पनि क्रस मतदान गरेर नेकपाकी नमितालाई मत दिएका छन्।

कोशीमा स्थानीय तहमा नेकपाका ३६ मतदाता हुन्। तर, नमिताले ५८ जनाको मत पाएकी छन्।
गठबन्धनबाट तानेको मत नमिताका लागि पर्याप्त भएन। फराकिलो अन्तरले झापा धाइजनकी रोशनी मेचे माथिल्लो सदनमा पुगेकी हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »