सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि ज्योति बम्जन र अयान तिवारीलाई

काठमाडौं । बाल प्रतिभाको पहिचान, आत्मविश्वास र सिर्जनात्मकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित नेपाल चाइल्ड स्टार–२०८२ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको आयोजन आदर्श इन्टरटेन्मेन्ट हाउस ले गरेको हो भने प्रमुख प्रायोजक ग्लोबल टच एजुकेशन कन्सल्टेन्सी रहेको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै केटीतर्फ ज्योति बम्जन र केटातर्फ अयान तिवारी ले नेपाल चाइल्ड स्टार–२०८२ को उपाधि जित्न सफल भए ।
केटीतर्फ स्तुति खड्का प्रथम उपविजेता र आरोही कटवाल द्वितीय उपविजेता घोषित भइन् । त्यस्तै केटातर्फ सिवान्सु जंग न्यौपाने प्रथम उपविजेता र कौशल बलायर द्वितीय उपविजेता बने ।
कार्यक्रममा उत्कृष्ट अभिभावक सम्मान सरस्वती थापा लाई प्रदान गरिएको थियो, जसले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा अभिभावकको योगदानलाई सम्मानित गरेको आयोजकले जनाएको छ ।
पछिल्लो समय मिडिया लगायत स्टेज कार्यक्रमहरुमा निकै रुचाईएका प्रतिभाशाली युवा कार्यक्रम प्रस्तोता दिपेन्द्र शेन शाहीले संयोजन तथा सन्चालन गरेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ रेडियोकर्मी तथा पत्रकार हेम सुवेदी रहेका थिए । रेडियो आहा १०४.५ मेगाहर्जका व्यवस्थापक निर्देशक आकृति सुवेदी विशेष अतिथिका रूपमा सहभागी थिइन् ।
प्रतियोगिताको मूल्यांकन मिस्टर नेपाल तथा अभिनेता समर्पण जंग कार्की, गायक तथा गीतकार दिनेश क्षेत्री, गायक सागर सुनार तथा डा.मीना प्रधान सम्मिलित निर्णायक मण्डलले गरेका थिए ।
यस अवसरमा मिडियाकर्मी डि.वि. पराजुली लाई विशेष सम्मान प्रदान गरिएको थियो भने सम्मानित मोडेल तथा अभिनेता सुमन अधिकारी लाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी बालबालिकाहरूले प्रस्तुति, आत्मविश्वास, अनुशासन, अभिव्यक्ति र प्रतिभाको उत्कृष्ट प्रदर्शन गरेका थिए। साथै विभिन्न सब–टाइटलहरू प्रदान गर्दै उनीहरूको विशेष क्षमतालाई समेत सम्मान गरिएको थियो ।
आयोजकका अनुसार नेपाल चाइल्ड स्टार जस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान र्पुयाउँदै उनीहरूलाई राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »