सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेप्सेम्याक सेवा प्रा.लि.को वार्षिक सद्भाव भेला २०८२ सम्पन्न

ललितपुर, । ‘असल हातहरु सधैं साथमा, हाम्रो वातावरण हाम्रै हातमा’ भन्ने नाराका साथ सञ्चालनमा रहेको नेप्सेम्याक सेवा प्रा.लि.ले वार्षिक सद्भाव भेला २०८२ सम्पन्न गरेको छ ।
ललितपुर–४ बागडोल दोभान स्थित म्याग्दी मगर समाजको सम्पर्क कार्यालयमा आयोजना गरेको वार्षिक सद्भाव भेलामा रक्तदान, कर्मचारी प्रशिक्षण, उत्कृष्ट कर्मचारी सम्मान तथा बनभोज कार्यक्रम रहेको थियो ।
नेप्सेम्याक सेवा प्रा.लि.ले वार्षिक सद्भाव भेला २०८२को अवसरमा आफ्ना १९ उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरेको थियो ।
सम्मानित हुने १९ जनामा भक्तपुर शाखाका सवारी चालक धनबहादुर गोले सर्वोत्कृष्ट हुनुभएको छ । उहाँलाई सम्मानपत्रका साथ १५ हजार एक सय पाँच रुपैंया नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै शेरबहादुर तामाङ, दिपेश माँझी, ठाकुराबहादुर तामाङ, समर कुलुङ राई, मानविर राई, इन्द्रबहादुर सुनुवार, ललित लुङ्गेली, पिंकी पोँडे, अन्जु पोँडे, राजकुमार श्रेष्ठ, बिजय चौधरी, इश्वरी चौलागाई, सविता श्रेष्ठ, एञ्जिला भट्टराई, रमिला भण्डारी (पौडेल), उपेन्द्र सापकोटा, नीता बुढाथोकी तथा देवनारायण श्रेष्ठ रहनुभएको छ । उहाँहरुलाई नगद रु सात हजार पाँच सय पाँच रुपैया नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
वार्षिक सद्भाव भेला २०८२का प्रमुख अतिथि काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई रहनुभएको थियो । कार्यक्रममा बोल्दै गुरागाँईले नेप्सेम्याकको प्रशंसा गर्दै विभिन्न शिर्षकमा नेप्सेम्याकसँगको सहकार्यको सम्झौता भई उत्कृष्ट कार्यहरु भइरहेको उल्लेख गर्नुभयो । काठमाडौँलाई सफा र सुन्दर सहर बनाउन महानगरले जस्तोसुकै कार्य गर्न तयार रहेको उल्लेखगर्दै उहाँले नेप्सेम्याकसँग नियमित सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष टीकाराम दाहालले संस्थाको स्थापनादेखी हालसम्म गरेका कार्य तथा प्रगतिहरुको संक्षेप उल्लेख गर्दै कतिपय अवस्थामा ऐन तथा कानुनका कारण अपेक्षाकृत कार्यसम्पादन गर्न कठिनाइ भइरहेको उल्लेख गर्नुभयो । काठमाडौँ उपत्यकाबाट दैनिक करिव ६ सय टन फोहोर निस्कने जानकारी गराउँदै उहाँले संकलित फोहोर मध्ये ६० प्रतिशत कुहिने फोहोर तथा ४० प्रतिशत नकुहिने फोहोर संकलन हुने गरेको बताउनुभयो । संकलित ५ प्रतिशत फोहोरबाट कम्पोष्ट मल बनाउने गरेको बताउनुभयो ।
त्यस्तै ललितपुर जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले विगत लामो समयदेखी नेप्सेम्याकसँग सामाजिक कार्य तथा सरसफाईमा गरिएका अविस्मरणीय कार्यहरु भएको उल्लेख गर्नुभयो । आगामी दिनमा पनि नेपाल प्रहरीको तर्फबाट ललितपुरलाई सफा र सुन्दर बनाउन नेप्सेम्याकसँग जुनसुकै समयमा पनि तयार रहेको प्रतिवद्धता जनाउनुभयो । नेप्सेम्याकका मुख्य संयोजक लक्ष्मी प्रसाद गेलालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष सन्तोष खड्काले शुभकामना व्यक्त गर्नुभयो भने सञ्चालक बाबुराम घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेप्सेम्याकको आयोजना तथा ब्लड बैंक पुल्चोक ललितपुर र नेपाल रेडक्रस सोसाईटी वडा नंं ४ उपशाखाको प्राविधिक रहयोगमा भएको कार्यक्रममा ५१ जनाद्वारा रक्तदान गरेका छन् ।
छ सय भन्दा बढी कर्मचारी तथा विभिन्न सम्बन्धित संस्थाका विशिष्ट व्यक्तिहरुको सहभागितामा भएको ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेप्सेम्याकका कर्मचारी सहित ५१ जना विभिन्न सामाजिक व्यक्तित्वद्वारा रक्तदान गरेका छन् । उक्त रक्तदातालाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा ७८ जनाले स्वास्थ्य परिक्षण गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »