सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तुलसीपुरमा विस्फोट भएको घटनामा एक जना पक्राउ

दाङको तुलसीपुरमा विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेका छ।

तुलसीपुर उपमहानगरपालिका– ५ सुन्दरनगर टोलका ३९ वर्षीय सजक भनिने शेरबहादुर दमाइ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार प्रहरी टोलीले दमाइलाई तुलसीपुर – १६ रावतगाँउबाट नियन्त्रणमा लिएको थियो।

फागुन ५ गते बिहान तुलसीपुर ६ र ८ को सीमानामा पर्ने  पातुखोलामा सिलिन्डर बम विस्फोट भएको थियो। चुनाव बहिस्कार गरेको नेकपा (बहुमत)ले त्यस दिन नेपाल बन्दको घोषणा गरेको थियो।

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा पक्राउ परेका नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला अहिले काठमाडौं प्रहरीको हिरासतमा छन्।

तुलसीपुरमा सिलिण्डर बम बिस्फोट गराएको आरोपमा प्रहरीले नेकपा (बहुमत)का अन्य कार्यकर्ताको पनि खोजी भइ रहेको जनाएको छ।

पक्राउ परेका दमाइबिरुद्ध बुधबार विस्फोटक पदार्थसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइ रहेको डिएसपी बोहराले बताए।

जिल्ला अदालतले दमाइ माथि थप अनुसन्धान गर्न बुधबार १० दिनको  म्याद थप गरेको प्रहरीले जानकारी दिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »