सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाली काँग्रेस निकट युवाहरूको सक्रियतामा “बृहत तरुण तथा जेन(जी) संवाद कार्यक्रम” सम्पन्न

काठमाडौं । काठमाडौं क्षेत्र नं. १० मा चुनावी माहोल तातेका बेला नेपाली काँग्रेस निकट युवाहरूको सक्रियतामा आज आयोजना भएको “बृहत तरुण तथा जेन(जी) संवाद कार्यक्रम” ले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ ।
नेपाल तरुण दल क्षेत्र नं. १० का अध्यक्ष तथा महासमिति सदस्य इश्वर लामाले सभापतित्व गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा क्षेत्र नं. १० का निवर्तमान सांसद राजेन्द्र कुमार केसी रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा वागमती प्रदेश सभा सदस्य दिपेन्द्र आचार्य, वागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सांसद पुकार महर्जन, प्रदेश सभा सदस्य यमुना श्रेष्ठ लगायतका नेताहरू विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा स्थानीय तहका प्रमुखहरू—चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि, वडा सभापतिहरू, जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा जेन(जी) युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
उपस्थित तरुण तथा जेन जी हरुलाई शव्दहरुबाट स्वागत गर्दै कार्यक्रमका सभापति लामाले युवा पुस्ताको अपेक्षा, चुनौती र अवसरबारे प्रकाश पार्नु भएको थियो । उहाँलेले जेन(जी) पुस्ता केवल दर्शक नभई परिवर्तनको चालक शक्ति भएको उल्लेख गर्नु भयो ।
कार्यक्रमको मुख्य आकर्षण उम्मेदवारसँग प्रत्यक्ष प्रश्न–उत्तर सत्र रहेको थियो । जेन(जी) समूहबाट संकलित प्रश्नहरू उम्मेदवारसमक्ष राखिएको थियो । बेरोजगारी, उद्यमशीलता, शिक्षा सुधार र स्थानीय विकासका मुद्दामा युवाहरूले धारिलो प्रश्न उठाएका थिए ।
जेनजी तथा तरुणहरुले उठाएको प्रश्नमाथि प्रष्ट पार्दै क्षेत्र नं १० का उम्मेदवार हिमाल कार्कीले आफ्ना कार्ययोजना प्रस्तुत गर्दै युवा लक्षित कार्यक्रमहरूलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनु भएको थियो ।
कार्यक्रममा मन्तव्य दिँदै प्रमुख अतिथि केसीले युवा सहभागिताबिना लोकतन्त्र सुदृढ नहुने बताउनुभयो । उहाँले निर्वाचनमा युवाको सक्रिय सहभागिताले नयाँ राजनीतिक सन्देश दिने दाबी गर्नु भयो ।
नेपालको ईतिहासको हरेक गम्भिर मोडमा नेपाली काँग्रेसले राजनैतिक नेतृत्व लिएर देशलाई सहिबाटोमा ल्याउन प्रयत्न गरेको स्मरण गदै केसीले यो निर्वाचनमा पनि आम मतदाताको सहि अभिमत आउनेमा आफु विस्वस्त रहेको बताउनु भयो ।
राजनीतिक विश्लेषकहरूका अनुसार काठमाडौं क्षेत्र नं. १० मा युवा मत निर्णायक बन्ने संकेत देखिएको छ । यस संवाद कार्यक्रमले आगामी निर्वाचनमा युवा एजेन्डालाई केन्द्रमा ल्याएको टिप्पणी गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »