काठमाडौं । भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री बन्ने भएका छन् ।
आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी गरेको हो । शाह प्रधानमन्त्री बालेन निकट व्यक्ति हुन् । यसअघि भएको सहमति अनुसार, महामन्त्रीमा सुनिल लम्साल थिए भने भूपदेव सहमहामन्त्री थिए ।
लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालेपछि भूपदेवलाई पार्टीको महामन्त्री बनाउन लागिएको हो । फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । तर उनी पराजित भएका थिए ।








