काठमाडौं । नेपालगंज उपमहानगरपालिका-१४ भवानीपुरबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-६ बस्ने ३३ वर्षीय अकबर अलीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








