सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युद्ध रोक्ने इरानी प्रस्ताव ट्रम्पद्वारा फेरि अस्वीकार, इरानले भन्यो– अमेरिकाले धम्की दिन बन्द गर्नुपर्छ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न इरानको प्रस्तावलाई फेरि अस्वीकार गरेका छन् ।

शुक्रबार राति अबेर उनले भने, ‘इरानको वार्ताको नयाँ प्रस्ताव मलाई अस्वीकार्य छ । इरानको नेतृत्व अलमल्लमा परेको छ र गहिरो रूपमा खण्डित छ । तिनीहरू सम्झौतामा पुग्न चाहन्छन्, तर तिनीहरू आपसमा सम्झौतामा पुग्न सकिरहेका छैनन् ।’

इरानले यसअघि अप्रिल २६ र २७ मा आफ्नो प्रस्ताव पेश गरेको थियो, जसलाई ट्रम्पले अस्वीकार गरेका थिए ।

ह्वाइट हाउसका एक अधिकारीका अनुसार, इरानले आफ्नो नयाँ प्रस्तावमा आणविक मुद्दा उल्लेख नगरेकोमा ट्रम्प दुखी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इरानले भन्यो– अमेरिकाले धम्की दिन बन्द गर्छ भने हामी वार्ता गर्नेछौँ

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान अमेरिकासँग वार्ता पुनः सुरु गर्न तयार रहेको बताएका छन् । उनका अनुसार तर ट्रम्पले धम्कीपूर्ण भाषा प्रयोग गर्न बन्द गर्नुपर्छ ।

प्रेस टिभीका अनुसार अराघचीले टर्की, कतार, साउदी अरेबिया, इजिप्ट, इराक र अजरबैजानका आफ्ना समकक्षीहरूलाई वर्तमान अवस्थाको बारेमा जानकारी गराउँदै इरानले यो युद्ध सुरु गरेको होइन र उसको सेना कुनै पनि नयाँ आक्रमणको जवाफ दिन पूर्ण रूपमा तयार रहेको बताए ।

अराघचीले इरानले पाकिस्तानको मध्यस्थतामा हालै भएको वार्तामा इमानदारीपूर्वक भाग लिएको तर अमेरिकासँग विश्वास कम रहेको बताए । उनका अनुसार अमेरिकाले विगतमा आफ्ना वाचाहरू पूरा गर्न असफल भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »