सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“पहिलो युवा मानव अधिकार रक्षक सम्मेलन” युवामा जागेको अधिकार चेतनाले समाज परिवर्तनको संकेत

काठमाडौं । मानव अधिकारको संरक्षण, प्रवद्र्धन र सुदृढीकरणमा युवाको भूमिकालाई केन्द्रमा राख्दै “पहिलो युवा मानव अधिकार रक्षक सम्मेलन” सम्पन्न भएको छ । देशभरका ७० भन्दा बढि जिल्लाबाट आएका युवा अधिकारकर्मी, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा विभिन्न सरोकारवाला निकायहरूको सहभागितामा सुरु भएको यो सम्मेलनले मानव अधिकारको क्षेत्रमा नयाँ ऊर्जा र आशाको सन्देश प्रवाह गर्दै सम्पन्न भएको हो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा भएको कार्यक्रमको उद्घाटन सत्र इन्सेक र फोरम एशियाका अध्यक्ष विजयराज गौतमको अध्यक्षतामा भएको हो भने राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य डा. लिली थापाको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रम रोयम नेपाल,इन्सेक,डिजिटल राईटस् नेपाल,भिजिवल इम्प्याक्ट तथा राष्ट्रिय युवापरिषदको संयुक्त आयोजनामा भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त तथा इन्सेकका संस्थापक अध्यक्ष सुबोध प्याकुरेल, ,राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, इन्सेककी पूर्व अध्यक्ष डा.इन्दिरा श्रेष्ठ, , इन्सेकका निर्वतमान अध्यक्ष डा.कुन्दन अर्याल, राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपान, भिजिवल इम्प्याक्टका दिपेश लिम्बु, डिजिटल राईट्स नेपालका कार्यकारी निर्देशक सन्तोष सिग्देल लगायत मिडियाकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम को सहजिकरण ईन्सेकका बरुण बस्याल र रोयम नेपालका बिकला वाग्लेले गर्नु भएको थियो ।
कार्यक्रममा विजयराज गौतम, दिपेश लिम्बु,सन्तोष सिग्देल, लुभराज न्यौपाने, गेहनाथ गौतम, सुबोध प्याकुरेल, प्रमुख अतिथि, डा. लिली थापाले शुभकामना मनतव्य राख्नु भएको थियो ।
कार्यक्रममा हालसम्म नेपालमा भएका बिभिन्न आन्दोलनका क्रममा मानव अधिकार हनन भएका घटनाहरुकोलागि खुलेर आवाज उठाउन आह््वान गर्दै रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बिशेषगरी कर्णाली प्रदेशका सबै जिल्लाहरुमा युवा मानव अधिकार रक्षक गठन गरेको र क्षमता बिकासको तालिमहरु दिदै आएको बताउनु भयो ।
उहाँले पछिल्लो प्रयास पछि त्यसक्षेत्रबाट धेरै गम्भिर प्रकृतिका मानवअधिकार हननका मुद्धाहरु उजागार भएको तथ्यहरु समेत प्रस्तुत गर्नु भयो ।
कार्यक्रममा गत भाद्र २३ र २४ को घटनाको छानविनगर्न बनेको कार्की आयोगको प्रतिवेदनमात्र आएको सन्दर्भलाई जोड्दै प्रमुख अतिथि डा. लिली थापाले आफ्नै संयोजकत्वमा बनेको मानव अधिकार हनन सम्बन्धि ६—७ हजार पृष्ठ लामो प्रतिवेदनलाई २० पृष्ठको सारांस बनाई सार्वजानिक गर्न लागिएको प्रति आपत्ति जनाउनु भयो ।
मानव अधिकार आयोगका पुर्व सदस्य तथा ईन्सेकका संस्थापक सुबोध प्याकुरेलले युवाहरु समाजका हरेक घटनाहरुसंग सम्बन्धित रहेर प्रश्न गर्न छोड्न नहुने विचार व्यक्त गर्नु भयो ।
प्याकुरेलले सरकारले बनाएको अन्य आयोगले भन्दा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदन सत्य र तथ्यमा आधारित हुने भएकोले भाद्र २३ र २४ मा भएको घटना सम्बन्धमा आयोगले तयार गरेको प्रतिवेदन जस्ताको तेस्तै सार्वजानिक गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रमको दोस्रो सेसनमा जलवायु परिवर्तन,साईबर सुरक्षा र डिजिटल साक्षरता,व्यपार तथा मानवअधिकार जस्ता बिषयहरुमा छलफल भएको थियो ।
जलवायु परिवर्तनको सत्रलाई रोयम नेपाल संस्थाले नेतृत्व गरेको थियो भने साईबर सुरक्षा र डिजिटल साक्षरताको सत्रलाई राष्ट्रिय युवा परिषद र व्यापार तथा मानवअधिकारको सत्रलाई इन्सेकले नेतृत्व गरेको थियो ।

सम्मेलनको उद्घाटन सत्रमै वक्ताहरूले युवालाई केवल भविष्यको नेतृत्व होइन, वर्तमान परिवर्तनका सक्रिय संवाहकको रूपमा चित्रण गरे। उनीहरूले भने—“मानव अधिकारको रक्षा केवल कानुनी दायित्व होइन, यो नैतिक जिम्मेवारी पनि हो, जसलाई युवाले अब नेतृत्व गर्नुपर्छ।”
हालका वर्षहरूमा नेपालमा युवा मानव अधिकार रक्षकहरूको सञ्जाल निर्माण हुँदै गएको छ, जसले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म मानव अधिकारका सवालमा सक्रियता बढाएको छ । यसले देखाउँछ कि युवा पुस्ता अब केवल दर्शक होइन, परिवर्तनको अगुवाको रूपमा अघि बढिरहेको छ ।
सम्मेलनमा सहभागी युवाहरूले आफ्ना अनुभवहरू साझा गर्दा वातावरण भावुक बनेको थियो। कतिपयले अन्याय, विभेद, हिंसा र शोषणका घटनाहरूको प्रत्यक्ष सामना गरेका अनुभव सुनाए भने केहीले जोखिमपूर्ण परिस्थितिमा पनि मानव अधिकारको पक्षमा उभिएको साहसिक यात्राको कथा सुनाए ।
ब्लु डाईमण्ड सोसाइटीबाट एन्जल लामा, जाजरकोटका प्रेम बिक. सल्यानकी योगमाया रेउली, पर्साका मनोज राम, मकवानपुरकी जीना यादव, धनुषाकी दिपिका लामा मुस्लिम समुदाय बाट प्रतिनिधित्व गर्दै रसिदा खातुनले आफ्ना अनुभवहरु आम युवाहरुलाई सुनाएका थिए ।
मानव अधिकार रक्षकहरूले अझै पनि पहिचान, सुरक्षा र कानुनी संरक्षणको अभाव झेलिरहेको तथ्य विभिन्न अध्ययन र सम्मेलनहरूले देखाउँदै आएका छन् । यस्तो अवस्थामा युवाहरूको सक्रियता आफैंमा परिवर्तनको संकेत हो।

सम्मेलनले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था आवश्यक रहेको कुरालाई पुनः जोड दिएको छ । अघिल्ला सम्मेलनहरूमा पनि संघीय, प्रदेश र स्थानीय तहबाट स्पष्ट कानून निर्माण गर्नुपर्ने माग उठाइएको थियो।
यस सम्मेलनमा समेत सहभागीहरूले मानव अधिकार रक्षकको आधिकारिक पहिचान, सुरक्षा सुनिश्चित गर्ने कानुनी संरचना,युवालाई नेतृत्वमा ल्याउने नीति,मानव अधिकार शिक्षा विस्तार जस्ता महत्वपुर्ण बिषयमा छलफल समेत चलाएको थियो ।

यो सम्मेलन कार्यक्रम मात्र होइन, एउटा आन्दोलनको सुरुवातजस्तै देखिएको थियो । युवा पुस्तामा देखिएको संवेदनशीलता, जागरण र प्रतिबद्धताले समाजमा सकारात्मक परिवर्तनको सम्भावना बलियो बनाएको कार्यक्रममा उपस्थित अग्रज मानवअधिकारकर्मीहरुको धारणा रहेको छ ।
कार्यक्रमको अन्त्यतिर एक सहभागी युवाले भावुक हुँदै भने— “हामी आवाज उठाउँछौं, किनकि मौन बस्नु भनेको अन्यायलाई स्वीकार गर्नु हो।”
“पहिलो युवा मानव अधिकार रक्षक सम्मेलन” ले स्पष्ट सन्देश दिएको छ— अब मानव अधिकारको आन्दोलन नयाँ पुस्ताको हातमा सुरक्षित छ ।
यो सम्मेलनले छलफल मात्र होइन, प्रतिबद्धता, सहकार्य र साझा संघर्षको नयाँ अध्याय सुरु गर्ने दावी समेत गरिएको छ । यदि यसबाट उठेका आवाजहरू नीति र व्यवहारमा रूपान्तरण हुन सके, भने नेपालमा मानव अधिकारको भविष्य अझ सुदृढ, समावेशी र न्यायपूर्ण बन्ने विश्वास गरिएको छ ।शील प्याकुरेल, प्रमुख अतिथि, डा. लिली थापाले शुभकामना मनतव्य राख्नु भएको थियो ।

सम्मेलनको उद्घाटन सत्रमै वक्ताहरूले युवालाई केवल भविष्यको नेतृत्व होइन, वर्तमान परिवर्तनका सक्रिय संवाहकको रूपमा चित्रण गरे। उनीहरूले भने—“मानव अधिकारको रक्षा केवल कानुनी दायित्व होइन, यो नैतिक जिम्मेवारी पनि हो, जसलाई युवाले अब नेतृत्व गर्नुपर्छ।”
हालका वर्षहरूमा नेपालमा युवा मानव अधिकार रक्षकहरूको सञ्जाल निर्माण हुँदै गएको छ, जसले स्थानीयदेखि राष्ट्रिय स्तरसम्म मानव अधिकारका सवालमा सक्रियता बढाएको छ । यसले देखाउँछ कि युवा पुस्ता अब केवल दर्शक होइन, परिवर्तनको अगुवाको रूपमा अघि बढिरहेको छ ।
सम्मेलनमा सहभागी युवाहरूले आफ्ना अनुभवहरू साझा गर्दा वातावरण भावुक बनेको थियो। कतिपयले अन्याय, विभेद, हिंसा र शोषणका घटनाहरूको प्रत्यक्ष सामना गरेका अनुभव सुनाए भने केहीले जोखिमपूर्ण परिस्थितिमा पनि मानव अधिकारको पक्षमा उभिएको साहसिक यात्राको कथा सुनाए ।
ब्लु डाईमण्ड सोसाइटीबाट एन्जल लामा, जाजरकोटका प्रेम बि.क. सल्यानकी योगमाया रेग्मी, पर्साका मनोज राम, मकवानपुरकी जीना यादव, धनुषाकी दिपिका लामा मुस्लिम समुदाय बाट प्रतिनिधित्व गर्दै रसिदा खातुनले आफ्ना अनुभवहरु आम युवाहरुलाई सुनाएका थिए ।
मानव अधिकार रक्षकहरूले अझै पनि पहिचान, सुरक्षा र कानुनी संरक्षणको अभाव झेलिरहेको तथ्य विभिन्न अध्ययन र सम्मेलनहरूले देखाउँदै आएका छन् । यस्तो अवस्थामा युवाहरूको सक्रियता आफैंमा परिवर्तनको संकेत हो।

सम्मेलनले मानव अधिकार रक्षकहरूको सुरक्षा सुनिश्चित गर्न विशेष कानुनी व्यवस्था आवश्यक रहेको कुरालाई पुनः जोड दिएको छ । अघिल्ला सम्मेलनहरूमा पनि संघीय, प्रदेश र स्थानीय तहबाट स्पष्ट कानून निर्माण गर्नुपर्ने माग उठाइएको थियो।
यस सम्मेलनमा समेत सहभागीहरूले मानव अधिकार रक्षकको आधिकारिक पहिचान, सुरक्षा सुनिश्चित गर्ने कानुनी संरचना,युवालाई नेतृत्वमा ल्याउने नीति,मानव अधिकार शिक्षा विस्तार जस्ता महत्वपुर्ण बिषयमा छलफल समेत चलाएको थियो ।

यो सम्मेलन कार्यक्रम मात्र होइन, एउटा आन्दोलनको सुरुवातजस्तै देखिएको थियो । युवा पुस्तामा देखिएको संवेदनशीलता, जागरण र प्रतिबद्धताले समाजमा सकारात्मक परिवर्तनको सम्भावना बलियो बनाएको कार्यक्रममा उपस्थित अग्रज मानवअधिकारकर्मीहरुको धारणा रहेको छ ।
कार्यक्रमको अन्त्यतिर एक सहभागी युवाले भावुक हुँदै भने— “हामी आवाज उठाउँछौं, किनकि मौन बस्नु भनेको अन्यायलाई स्वीकार गर्नु हो।”
“पहिलो युवा मानव अधिकार रक्षक सम्मेलन” ले स्पष्ट सन्देश दिएको छ— अब मानव अधिकारको आन्दोलन नयाँ पुस्ताको हातमा सुरक्षित छ ।
यो सम्मेलनले छलफल मात्र होइन, प्रतिबद्धता, सहकार्य र साझा संघर्षको नयाँ अध्याय सुरु गर्ने दावी समेत गरिएको छ । यदि यसबाट उठेका आवाजहरू नीति र व्यवहारमा रूपान्तरण हुन सके, भने नेपालमा मानव अधिकारको भविष्य अझ सुदृढ, समावेशी र न्यायपूर्ण बन्ने विश्वास गरिएको छ ।facebook sharing button

messenger sharing button
whatsapp sharing button
blogger sharing button
reddit sharing button

भर्खरै

सम्बन्धित खबर

Language »