काठमाडौं ।दुग्ध विकास संस्थान (डिडिसी) को कार्यालयमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले छापा मारेको छ।
बुधबार बिहानैदेखि सिआइबीको टोली लैनचौरस्थित डिडिसीको कार्यालयमा पुगेको एआइजी मनोज केसीले जानकारी दिए।
डिडिसीसँग सम्बन्धित केही सूचना आएकाले प्रहरी पुगेको उनले बताए।
उनले अनुसन्धानको विषय बताउँदै अन्य कुरा खुलाएनन्।
सिआइबीले केही कागजात नियन्त्रणमा लिएको डिडिसी कार्यालय स्रोतले बतायो।
प्रधानमन्त्री बालेन्द्र शाहले केही समयअघि मात्रै डिडिसीको याक चिज प्रवर्द्धन गर्न भनेर तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।








