काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।
शनिबार बिहान उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
उनका अनुसार संयोजक प्रचण्डको स्वास्थ्यमा दुई-तीन दिन यता समस्या देखिएको थियो।
‘दुई तीन दिनदेखि ज्वरो र रूघाखोकी थियो। निमोनियाको लक्षण देखिएका कारण केही दिन राखेर उपचार गराउने भनेर भर्ना गरिएको छ,’ आचार्यले भने।
स्वास्थ्यमा समस्या देखिएका कारण प्रचण्ड शुक्रबार गणतन्त्र दिवसको समारोहमा सहभागी भएनन्।
दिउँसो सरकारले बजेट प्रस्तुत गर्दा संसदमा पनि उनी अनुपस्थित थिए।
अहिले स्वास्थ्यमा सुधार आइरहेको आचार्यले जानकारी दिए।








