सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रास्वपाले व्यापारीसँग रकम असुलेको खुलाशा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले व्यापारीसँग रकम असुलेको खुलाशा भएको छ ।

रास्वपा सुदूरपश्चिम प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोग माग गर्दै पठाइएको पत्र सार्वजनिक भएको हो ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वडा समितिको लेटरप्याडमा तयार गरिएको उक्त पत्रमा स्थानीय निर्माण व्यवसायी जलजला कन्स्ट्रक्सन कम्पनीसँग ३० हजार रुपैयाँ सहयोगको अनुरोध गरिएको देखिन्छ। पत्रमा असारमा हुने प्रदेश र केन्द्रीय महाधिवेशन सफल बनाउन आर्थिक सहयोग आवश्यक परेको उल्लेख गरिएको छ।

उक्त पत्रमा वडा सभापति सुरेन्द्र बोहराको हस्ताक्षर रहेको छ। पत्र सार्वजनिक भएपछि उनले भने अधिवेशनका लागि नभई सडक मर्मतको उद्देश्यले सहयोग माग्न खोजिएको दाबी गरेका छन्।

उनका अनुसार आफूले पठाएको पत्रमा त्रुटिवश अधिवेशनका लागि सहयोग मागिएको व्यहोरा समावेश भएको र जानकारी पाएलगत्तै उक्त पत्र फिर्ता लिइएको बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »