सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ ब्यान्ड ‘समकालीन’को डेब्यु गीत ‘लाहुर’ सार्वजनिक

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ ब्यान्ड ‘समकालीन’ ले आफ्नो पहिलो आधिकारिक गीत ‘लाहुर’ सार्वजनिक गरेको छ ।

ब्यान्डकाअनुसार ‘लाहुर’ निराशा, संघर्ष र आशाको मिश्रित भावनालाई समेटेर तयार गरिएको गीत हो । संगीतप्रतिको गहिरो लगावलाई अन्तिमपटक अभिव्यक्त गर्ने उद्देश्यले तयार पारिएको यो सिर्जना नै अन्ततः ब्यान्डका लागि नयाँ यात्रा र पहिचानको सुरुवात बनेको जनाइएको छ ।

डेब्यु गीत सार्वजनिकसँगै ब्यान्डले आगामी दिनमा पनि मौलिक र उत्कृष्ट सिर्जनाहरू श्रोतामाझ ल्याउने तयारी गरिरहेको जनाएको छ । ब्यान्डका सदस्यहरूले आफ्नो सांगीतिक यात्रामा साथ, सहयोग र हौसला प्रदान गर्ने सबै शुभेच्छुक, श्रोता तथा समर्थकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथको अपेक्षा गरेका छन् ।

‘समकालीन’ ब्यान्डमा नवराज थापा क्षेत्री (भोकल), सरिन के.सी. (बेस), निकेश मान जोशी (ड्रम्स), क्षितिज शेरचन (गिटार) र प्रज्वल श्रेष्ठ (गिटार) आबद्ध छन् ।

ब्यान्डले सार्वजनिक गरेको ‘लाहुर’ गीतको भिडियो डिजिटल प्लेटफर्ममार्फत हेर्न तथा सुन्न सकिने जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »