सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल–अमेरिका शाखाको प्रथम अधिवेशन सम्पन्न, उदय भट्टराई अध्यक्षमा निर्वाचित

बाल्टिमोर (अमेरिका), जुन २८ — राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाको प्रथम अधिवेशन अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

मेरील्याण्डको नटिङ्घमस्थित माउन्ट एभरेष्ट रेष्टुरेन्ट (७९२७ बेलएयर रोड, सुइट–सी, नटिङ्घम, एमडी २१२३६) मा आयोजित अधिवेशनबाट उदय भट्टराई अध्यक्षमा निर्वाचित भएका छन्।

त्यसैगरी प्रथम उपाध्यक्षमा निशा सुनार, द्वितीय उपाध्यक्षमा सुदीप अधिकारी, महिला उपाध्यक्षमा संगीता थापा मगर, सचिवमा सज्जन बोहोरा, कोषाध्यक्षमा प्रवेश पौडेल, सहसचिवमा मधुर गिरि तथा सहकोषाध्यक्षमा छबिराज सुनार निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा रमेश परियार, श्रीराम पौडेल, भृकुटी पंगेनी, सरिता डाँगी, अमित सुनार, सुजन केसी, राजीव शर्मा, विजय चन्द ‘दर्पण’, दिनेश जिसी, नवराज तिमल्सिना, गंगा सिखडा, अर्जुन क्षेत्री, राजकुमार ढुंगेल, दीपक बोहोरा, प्रकाश अधिकारी तथा माधवी भण्डारी चयन भएका छन्।

अधिवेशनमा सहभागीहरूले प्रवासमा रहेर नेपाली लोक तथा दोहोरी गीत, भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाली मौलिक लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउन कलाकार, स्रष्टा तथा सांस्कृतिक अभियन्ताहरूबीच सहकार्य र एकताको आवश्यकता रहेकोमा वक्ताहरूले जोड दिएका थिए।

नवनिर्वाचित अध्यक्ष उदय भट्टराईले प्रतिष्ठानको उद्देश्य र भावनाअनुसार नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले अमेरिका शाखालाई प्रवासमा रहेका नेपाली कलाकारहरूको साझा सांस्कृतिक चौतारीका रूपमा स्थापित गर्दै नयाँ पुस्तालाई नेपाली भाषा, कला र संस्कृतिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए।

प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति र पहिचानलाई जीवन्त राख्ने उद्देश्यका साथ सम्पन्न भएको प्रतिष्ठानको प्रथम अधिवेशनलाई अमेरिका शाखाको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। नवनिर्वाचित कार्यसमितिले आगामी दिनमा सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रोत्साहन तथा नेपाली लोकसंगीतको अन्तर्राष्ट्रिय प्रवर्द्धनका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »