सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सनसिटी अपार्टमेन्टका दुई कोरोना संक्रमित निको भएर घर फर्किए

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

उनीहरु आमा-छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

उनीहरूलाई वैशाख १ गते र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो। त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन्। नेपालमा कोरोनाभाइरसको संक्रमणपश्चात सबैभन्दा छिटो निको भएका यिनीहरू नै हुन्।

पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने आमा-छोरामा देखिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमण आयातित भएको निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।

यो परिवारका तीन जना ५ चैतमा बेलायतबाट नेपाल आएका थिए । नेपाल आएको २८ दिनपछि १ वैशाखमा र्‍यापिड टेष्ट गर्दा उनीहरुमा एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसलगत्तै सनसिटी अपार्टमेन्ट सिल गरी उनीहरुलाई पाटन अस्पताल भर्ना गरिएको थियो ।

उनीहरुको परिवारकी ५२ वर्षीया बुहारीमा पनि कोरोना संक्रमण हुनसक्ने भएकाले स्वास्थ्य परीक्षण गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो । अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन्।

आजै थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सगै संक्रमितको संख्या ४७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार बिहीबार २ जना कोरोना संक्रमित थपिएका छन् । जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा कोरोना पोजिटिभ पाइएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »