सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी, अध्यादेशबारे निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बालुवाटारमा जारी छ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा जारि छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत ११ देखि जारी लकडाउन, सरकारले हालै ल्याएका दुई अध्यादेशलगायतका विषयमा बैठकमा छलफल भईरहेको छ ।

एक मन्त्रीका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारले जारी भएका दुई अध्यादेशका बारेमा छलफल गर्ने अनुमान गरिएको छ।

आज ती अध्यादेश फिर्ता गर्ने निर्णय पनि हुनसक्ने बताइएको छ। अध्यादेश फिर्ता गर्ने निर्णय भएमा सरकारले राष्ट्रपति समक्ष अध्यादेश फिर्ताका लागि सिफारिस गर्नेछ। सरकारको सिफारिसमा त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यादेश फिर्ता हुनेछ।

मन्त्रिपरिषदको बैठक सोमबार नियमित रुपमा बस्ने गर्छ। यो आकस्मिक बैठक भएकाले अध्यादेशका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको हो। सोमबार सरकारले दल विभाजनका लागि खुकुलो पार्ने र संवैधानिक परिषदमा विपक्षी दलको नेता नभए पनि हुने अध्यादेश ल्याएको थियो।

अध्यादेशको विपक्षी दलसहित स्वयं नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सरकारकै मन्त्रीहरूबाट विरोध भएको थियो।

बिहीबार भैसेपाटीस्थित उपाध्यक्ष वामदेव गौतमको निवासमा भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका ६ जना सचिवालय सदस्यको भेलाले सरकारले जारी गरिएका अध्यादेश फिर्ता गर्नुपर्नेसँगै सचिवालय तथा केन्द्रिय कमिटीको बैठक गर्नुपर्ने निर्कर्ष निकालेको थियो।

यसअघि बुधबार २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक बोलाउन माग गरेर अध्यक्षद्वयलाई पत्र पठाएका थिए।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच बिहीबार भएको कुराकानीमा ओली अध्यादेश फिर्ता गर्न सकारात्मक भएको बताइन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »