सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाँके युनेस्कोको समन्वयमा प्लानले क्वारेन्टाइनलाई दियो त्रिपाल, कम्बल र पी फोम सामाग्रीहरु हस्तान्तरण


नेपालगन्ज, बाँके युनेस्को क्लबको समन्वयमा प्लान नेपालले क्वारेन्टाइनका लागि नेपालगन्ज उपमहानगरपालिकालाई प्रदान गरिएका विभिन्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

ती सामाग्रीहरुलाई बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले नेपालगन्ज उपमहानगरका प्रमुख धवल शमसेर राणा र उपप्रमुख उमाथापा मगरलाई शुक्रवार हस्तान्तरण गर्नु भयो । नेपालगन्जमा रहेका विभिन्न क्वारेन्टाइनलाई आवश्यक पर्ने ठानिएको सामाग्री प्लान नेपालसंग समन्वय गरेर उपलब्ध गराईएको क्लबका अध्यक्ष चौधरीले बताउनु भयो ।


क्वारेन्टाइनका लागि उपमहानगरपालिकालाई हस्तान्तरण गरिएका सामाग्रीहरुमा ५० थान पी फोम, ४७ थान कम्बल र १५० थान तारपोलिन रहेको उहाँले बताउनु भयो । कोरोना संक्रमण फैलिएमा अझै धेरै क्यारेन्टाइन बनाउनु पर्ने हुनसक्ने भएकोले बाँके युनेस्को क्लबको समन्वयमा प्लान नेपालले प्रदान गरेका सामाग्रीहरु निकै महत्वपूर्ण रहेको नेपालगन्ज उपमहानगरका मेयर राणाले बताउनु भयो ।
कोरोना भाइरस भित्रिन नदिन बाँकेमा गरिएको तयारीहरुका लागि क्लबले शुरुदेखिनै विभिन्न प्रकारका सहयोगहरु गर्दै आएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो ।

क्लबले यसअघि बाँके र बर्दियाका स्थानीय तहहरुमा मास्क वितरण गर्नुका साथै नरैनापुर क्वारेन्टाइनका लागि खाद्यान्न समेत सहयोग गरेको थियो ।

सोही प्रकारले प्लान नेपालसंग समन्वय गरेर कोहलपुर नगरपालिकाका लागि पनि स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको थियो ।

त्यसका साथसाथै बाँके र बर्दिया जिल्लामा रहेका क्लबका कर्मचारीहरुले आआफ्नो ठाउँबाट कोरोना भाइरसका बारेमा सामाजिक दुरी कायम राखेर सचेतना फैलाउने काम गर्दै आएको क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »