सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल रेडक्रस बाँकेद्वारा शसस्त्र प्रहरीलाई बस्तुगत सहयोग

प्रहलाद विश्वकर्मा

नेपालगंज , कोरोना भाइरसको रोकथाम गर्नका लागि नेपाल भारत सिमामा आवतजावत गर्न पूर्ण प्रतिबन्ध लागेको अवस्थामा प्रहरीबाट निरन्तर निगरानी बढाइएको छ ।

सीमा क्षेत्रमा परिचालन भएका शसस्त्र प्रहरी सिमा सुरक्षा बल युनिट कटकुइया र गंगापुरलाई मानवीय सहयोगार्थ नेपाल रेडक्रस सोसाइटी बाँकेले बस्तुगत सहयोग गरेको छ ।

क्याम्प व्यवस्थापनका लागि त्रिपाल ६ थान, पिउने पानी शुद्धिकरण गर्ने एक्वाटेव ९ब्त्रगबतबदक धबतभच उगचषष्अबतष्यल तबदभितक ० ४५० टेबलेट र मग १८ थान शसस्त्र प्रहरी सिमा सुरक्षा युनिट कटकुइयाका प्रहरी निरीक्षक गणेश भण्डारीलाई नेरेसो बाँके जिल्ला कार्यसमिति सदस्य एवं गंगापुर उपशाखाका सभापति यज्ञनारायण शर्माले हस्तान्त्ररण गर्नु भएको छ ।

उक्त कार्यक्रममा माननीय सांसद कृष्णा के.सी. नमुना, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र नेरेसो बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीको उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »