सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२८५६ औं साेनाम ल्हाेछारलाई सभ्य र भव्य बनाउन विभिन्न उप-समितिहरूकाे गठन

काठमाडाैँ । तामाङ समुदायले महान पर्वकाे रूपमा मनाउँदै आइरहेकाे साेनाम ल्हाेछार जिवा ल्हाेकाे यस वर्ष पनि टुडिखेलमा भव्यताका साथ मनाउने भएका छन् । ऐतिहासिक राष्ट्रिय पर्व २८५६ औं “जिवा ल्हो” नाम्युङ सोनाम ल्होछार माघ १०,११ र १२ गते ३ दिनसम्म हुने छ ।

तामाङ समुदायकाे नेपाल तामाङ घेदुङ र नेपाल राष्ट्रिय तामाङ घेदुङकाे संयुक्त सोनाम ल्होछार मुल आयोजक समारोह समिति गठन गरेका छन् भने समितिले विभागीय उप-समितिहरू गठन गरी जिम्मेवार बाँडफाट गरिसकेकाे छ ।

उक्त ल्होछार मुलआयोजक समारोह समितिको मंगलबार बाैद्व स्थित तामाङ चलचित्र संघको कार्यालयमा बसेको बैठकले ल्होछारलाई भव्य र सभ्य बनाउन विभिन्न विभागीय गठन गरि संघ,संस्थाहरुलाई जिम्मेवार तोकिएको थियो।

तामाङ चलचित्र संघको संयोजकत्वमा नेपाल तामाङ कलाकार र दुई घेदुङको सांस्कृतिक विभागलाई सांस्कृतिक संयोजक दिएको छ भने बिपत्त,ब्यबस्थापन संयोजकमा बिलाम माेक्तान, तामाङ पत्रकार संघकाे संयोजकमा दुई घेदुङको संचार बिभाग रहने गरि प्रचारप्रसारकाे जिम्मेवार दिएको छ । र्याली संयोजकमा प्रबिन वल,आर्थिक संयोजक संयोजकमा नेपाल तामाङ घेदुङ र राष्ट्रिय तामाङ घेदुङका महासचिव, नाङसाल क्लब नेपाल, स्टेज सजावट र अतिथि सत्कार संयोजकमा दोर्जे तामाङ लाई जिम्मेवार दिएकाे हाे । अर्को मुल समारोहको बैठक माघ २ गते राष्ट्रिय तामाङ घेदुङको कार्यालयमा बस्ने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »