सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले थाल्यो लकडाउनको मोडल निर्धारणको गृहकार्य

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा जुटेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालय लकडाउनको मोडल निर्धारणको गृहकार्य सुरु गरेको छ ।

मुख्यसचिवको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले २५ वैशाखपछि लागू गर्ने गरी लकडाउनको मोडालिटी तयार पार्न निर्देशन दिएसँगै मन्त्रालयका विज्ञहरुले अनौपचारिक छलफल बढाएका छन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्मको अवस्था र आगामी एक हप्तामा उत्पन्न हुनसक्ने अवस्थालाई आधार मानेर लकडाउनको मोडालिटी तयार भइरहेको छ ।

अधिकांश जनस्वास्थ्य र महामारी रोग विशेषज्ञहरुले अहिलेकै जस्तो लकडाउन गरेर समस्या समाधान नहुने सुझाव दिएका छन् । उनी भन्छन्, ‘कोभिड–१९ को खोप पत्ता नलाग्दासम्म पूर्ण निर्मुल नहुने र खोप कहिलेसम्म बन्ने भन्ने विषयमा टुंगो नभएको कारण लकडाउनको मोडालिटी परिर्वतन गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।’

प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार लकडाउनका धेरै वटा मोडलमा छलफल भइरहेको छ ।

त्यसमध्ये विषेश संक्रमित संख्याका आधारमा,एक हप्ता खोलेर हेर्ने र सेफ जोन मार्किङ गर्ने मध्ये कुन चाहि मोडालिटी प्रयोग गर्ने भनेर मोडलमा छलफल भइरहेको छ ।

संक्रमण नभएको (जिरो केस) क्षेत्रमा स्कुल, कलेज, सिनेमा हल जस्ता भिड लाग्ने स्थान नखोल्ने, सभा/जुलुस गर्न नदिने गरी मन्त्रालयमा छलफल भइरहेको छ । यसबाहेकका क्षेत्रमा सुरक्षा उपाय अपनाएर सामाजिक दूरी कायम राख्दै हिँडडुल, उद्योग, यातायातसम्म सञ्चालन गर्न सकिने विज्ञहरुको सुझाव छ । र, त्यसअनुसार मन्त्रालयले खाका तयार गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका केही अधिकारीहरुले भने अन्तर्राष्ट्रिय नाका र हवाई उडानमा लगाएको रोक कायमै राख्ने र देशभित्रको लकडाउन भने एक साताका लागि खुला गर्ने सुझाव दिएका छन् । लकडाउन खोलको एक हप्ता र त्यसअघिको एक हप्तामा भेटिने कोरोना भाइरस संक्रमणको दर जाँच गरेर समीक्षा गर्नुपर्ने उनीहरुको तर्क छ ।

गत वैशाख ४ गते स्वास्थ्य मन्त्रालयले विज्ञहरुसँग गरेको छलफलले सेफ जोन मार्किङ गर्ने निश्कर्ष निकालेको थियो । तर त्यसअनुसार काम भएन अहिले फेरि विज्ञहरुले यही मोडलमा लकडाउन खुलाउन सकिने सुझाव दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »