काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको जिम्मेवारी थपिएको छ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी विकास र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्दै आएका थिए ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको थप जिम्मेवारी हेर्ने गरी तोकेकी हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
![](https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/81793581_2451528541769908_1163304940232245248_n.jpg?_nc_cat=102&_nc_ohc=6faeNaW8vMcAQng85g-PhcPh0-OtV6uEZSwP6D6tLtYqEXbFG-IRWlxbg&_nc_ht=scontent.fktm3-1.fna&oh=3199bb81aa612450c28ffc682277bab6&oe=5E94BECA)