सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

छेवाङ तेन्जिङ लामाकाे अध्यक्षतामा सांस्कृतिक घेदुङकाे ३१ सदस्य नयाँ कार्य समिति चयन,

युवा घेदुङमा अध्यक्षका लागि नेकपा र कांग्रेस बिच विवाद

नेपाल तामाङ सांस्कृतिक घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलन सम्पन्न भएकाे छ तर यता नेपाल तामाङ युवा घेदुङकाे भने अध्यक्ष पदका लागि तीन जनाकाे दाबेदार भएकाे हुँदा सहमतिमा घाेषणा गर्न सकेकाे छैन ।

वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङकाे प्रमुख आतित्थ्यतामा सम्मेलनकाे उद्घाटन भएकाे थियाे भने पछि बन्द सत्र शुरूभएकाे थियाे ।

सर्व सहमतिमा छेवाङ तेन्जिङ लामाकाे अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरेकाे छ ।

प्रमुख अतिथि राधिका तामाङले तामाङ समुदायमा अझैपनि नेतृत्व विकास नभएकाे हुनाले नै राज्यबाट उपेक्षामा परेकाे गुनासाे गर्नु भएकाे थियाे । नेवा-ताम्सालिङकाे सट्टा बाग्मती स्वीकार गर्न बाध्यकारी हुनुकाे मुख्य कारक तामाङ समुदायकाे कुनै पनि व्यक्ति निर्णायक तहमा पुग्न नसकेकाे कारणले पहिचान सहितकाे नामाकारण गर्न असफल भएकाे बताएकी थिइन् ।

समाजकाे एक दर्पण साँस्कृतिक पक्ष पनि भएकाे हुनाले नेतृत्व विकासकाे क्षमतालाई विकास गर्न सक्ने व्यक्तिहरूकाे जन्म हुन सफल हाेस् भन्दै सफलताकाे शुभकामना पनि दिनुभएकाे थियाे ।


निवर्तमान अध्यक्ष प्रेम लाे ले पनि नयाँ पदाधिकारीहरूले समाज रूपान्तरणका लागि अहम भुमिका निर्वाह गर्न सफल हाेस् भन्दै नयाँ अध्यक्षलाई कार्यभार सुम्पेकाे थियाे ।


नयाँ कार्य समिति यस प्रकार रहेकाे छ ।
अध्यक्ष : छेवाङ तेन्जिङ लामा,
उपाध्यक्ष : धावा वाङ्गेल लामा,
उपाध्यक्ष : सरोज लामा,
उपाध्यक्ष : उषा पाख्रिन,
महासचिव : दोर्जे ल्हो तामाङ,
सचिव : क्रन्ति योञ्जन,
सचिव : विशाल योञ्जन,
सचिव : आशिष डुम्जन,
कोषाध्यक्ष : रामकृष्ण लो,
संघीय सदस्य : योजम तामाङ (नवाकोट),
“” ”” : जीवन बम्जन (ओखलढुंषा)
“” ””’ : बाबू जिम्बा (रौतहट),
”” : रन्जना तामाङ (काभ्रे) ,
”” : कुइसाङ रुम्बा (दोलखा),
”” : एम जि तामाङ (धादिङ),
”” : आस्मान लोप्चन (सिन्धुपाल्चोक),

भर्खरै

सम्बन्धित खबर

Language »