सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विश्वमा कोरोना संक्रमित ९३ लाख नजिक, ४ लाख ७९ हजारको मृत्यु

काठमाडाैँ / १२ असार

कोरोना संक्रमितको संख्या विश्वमा ९३ लाख नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ९२ लाख ९६ हजार २०२ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ७९ हजार १३३ पुगेको छ ।

यता, विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार संक्रमितको संख्या ९२ लाख ९६ हजार २०२ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ । कोरोनाका कारण हालसम्म ४ लाख ७९ हजार १३३ संक्रमितको मृत्यु भइसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »