सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आफ्नो जीत सुनिश्चित रहेको कुरामा विश्वस्त रमेश चन्द्र कुमाल (भुईंहारे)


नेपालगञ्ज, आफ्नो पहिचान गराउन मोहताज छैनन् रमेश चन्द्र कुमाल । २०७४ सालमा भएको नेपालगञ्ज उमनपाको स्थानीय निर्वाचनमा उनी नगर उपप्रमुख पदको लागि उम्मेदवारी दिँदा कालो काग ‘काला कौव्वा’ चुनाव चिन्ह प्राप्त भएको थियो ।


उम्मेदवारी दर्ता गराउँदा पहिले उनीलाई चुनाव चिन्ह टायर,आईमाईले लगाउने चुरा लगायत चिन्ह रोज्न भनियो । चुनाव चिन्ह रोज्न अन्यौलमा पर्दा उनीले कालो काग ‘काला कौव्वा’ चुनाव चिन्ह रोजे र स्वतन्त्र उम्मेदवार बने ।


चुनाव चिन्ह लिएर मैदानमा उत्रे र स्थानीय निर्वाचनमा पराजित भएपनि कालो काग ‘काला कौव्वा’ नेपालगञ्ज शहरभित्रै खुबै प्रसिद्धि पायो । अहिले ‘काला कौव्वा’ भन्दा सबै नगरवासी रमेश चन्द्र कुमाललाई चिन्छन् ।


नेपालगञ्ज उमनपा वडा नं. ३ मा उनीको निवास छ । उनीको प्रातः स्मरणीय पिता स्व. भुलई प्रसाद कुमाल प्राध्यापक रहनु भएको थियो । २०२९ जेष्ठ २९ गते ३ नं. वडाको कुम्हारनटोलमा जन्मिनु भएका रमेश चन्द्र कुमाल बहु प्रतिभाशाली, वाक पटुताको धनी व्यक्तित्व हुन् ।


निम्न वर्गमा जन्मेका रमेश चन्द्र कुमाल स्नातक तहसम्म शैक्षिक योग्यता प्राप्त गरेपछि आजीविका चलाउन २०५८ सालदेखि लेखा सम्बन्धी पेशामा संलग्न रहेका छन् ।


यो पेशाबाट हटेर राजनीतिक क्षेत्रमा त्यत्ति नै सक्रियता राखेका छन् । २०४६ सालमा नेपाली काँग्रेसमा प्रवेश गरी सो पार्टीको लागि कार्य गरे ।


राजनीतिमा प्रवेश गर्दा उनीले २०४९ सालमा नेपालगञ्ज नगरपालिकाको सल्लाहकार सभा सदस्यमा काम गर्ने मौका पाए । त्यस्तै उनी नेपाल प्रजापति कुम्भकार संघको के. सदस्य र एम्नेष्टी इन्टरनेशनल बाँकेको सदस्य भई कार्य गरे ।


अवधी भाषामा एउटा उखान छ ‘योग्य पूत के पाँव पालना से देखाई देत है’ अर्थात अगाडि वंशको नाम उचा गर्ने बालकको पाइताला बाल्यावस्थामा झुल्ने झूलाबाट योग्य भएको देखा पर्न थाल्छ ।
यही उखानको चरितार्थ रमेश चन्द्र कुमालले गरी देखाएका छन् ।

शिक्षक पेशामा रहेका स्व. भुलई प्रसाद कुमालको छोरा नेपालगञ्ज उमनपाको स्थानीय निर्वाचनमा उम्मेदवार भई सम्पूर्ण नगरमा अति नै चर्चित बने ।


भनिन्छ जहाँ पराजय छ त्यहाँ नै विजय छ । उम्मेदवारले चुनावमा पराजित भए पनि कहिल्यै हार मान्नु हुँदैन अन्तमा विजय त्यसको हुन्छ, अवश्य हुन्छ । यस्तै कुराको मनन गरी रमेश चन्द्र कुमाल विभिन्न संघ–संगठनको निर्वाचनमा सहभागी बन्दै आएका छन् ।


वर्तमान समय उनी कर सहयोगी श्रमिक संगठन नेपालको संयुक्त जिल्ला कमिटी नेपालगञ्जको अध्यक्ष पदमा रही व्यापारी उद्योगीलाई कर सहयोगीको रुपमा सहयोग दिँदै आएका छन् ।
उनी यसअघि नेपाल लेखापढी व्यवसायी एसोसिएशन जिल्ला कार्य समिति सदस्य पदमा निर्विरोध निर्वाचित भई कार्य गर्दै आएका छन् ।


सामाजिक क्षेत्र, धार्मिक क्षेत्रमा त्यत्ति नै उनी सक्रिय छन् । मानव अधिकार तथा शान्ति समाजको आजीवन सदस्य र श्रीराम लीला सञ्चालक समिति, नेपालगञ्जको आजीवन सदस्य रहेका छन् ।


बडादशैंमा रावणको पुतला दहन कार्यक्रममा रावणको पुतलामा पटाखा लगाउने कार्यदेखि पुतला बनाउने र दहन गर्ने कार्य उनीको नै रेखदेखमा हुने गर्छ ।


रमेश चन्द्र कुमाललाई पत्रकारिता गर्न त्यत्तिकै नै सोख छ ।
पत्रकारिता क्षेत्रमा आफ्नो सक्रियता बढाउन उनले २०७५ सालमा नेपाल प्रेस इन्स्टिच्यूटको आयोजनमा भएको पत्रकारिता तालिममा भाग लिई पत्रकारिताको तालिम समेत लिई विभिन्न पत्रपत्रिकामा लेखनी गर्दै आएका छन् ।


अब उनी नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने भएको संघको नयाँ कार्य समिति चयनको लागि भई रहेको निर्वाचनमा सदस्य पदमा (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका छन् ।


यस निर्वाचनमा सहभागी हुन उनीले सबै भन्दा पहिले नामांकन पत्र दर्ता गराएपनि निर्वाचनमा उनीलाई क्र.सं. १८औं मा समावेश गरेको छ ।


संघको निर्वाचनमा चुनाव चिन्ह नरहेपनि उनी जताजता प्रचार प्रसार गर्न पुग्छन् काला कौव्वा आयो हामी यसैलाई भोट दिई विजयी बनाउँछौं मतदाताहरुले भन्न शुरु गरेका छन् ।

उनी जहाँजहाँ आफ्नो प्रचार प्रसार गर्न पुगेका छन् प्रायः सबैले उनीलाई विजयी भव भनी आशिर्वाद दिएका छन् ।
मकर संक्रान्ति माघी पर्वमा उनीले श्री श्री १००८ श्री प्रख्यात सन्त बाबा हरिशंकर गिरीबाट विजयी हुने आशिर्वाद पाएका छन् ।

यस्तै रामनगरस्थित हडिया दादाको आशिर्वाद ग्रहण गरेकाले उनी आफू विजयी हुने कुरामा पूर्ण रुपले विश्वस्त छन् ।


यसपालिको निर्वाचनमा आफू विजयी भए उद्योगी व्यवसायीको हितको लागि निःशुल्क रुपले उनीलाई करमा सहयोग गर्न आन्तरिक राजस्व कार्यालयमा छुट्टै बेन्च स्थापना गरी कार्य गर्ने वचनबद्धता प्रकट गरेका छन् ।


त्यस्तै नै उनीले आफू विजयी भए संघको विधान संशोधन गराई संघको सबै सदस्य अध्यक्ष पदको उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान ल्याउने भनेका छन् । रमेश चन्द्र कुमालका पुर्खा नेगउमनपा वडा नं. ३ मा स्थापित रहेको काली माता मन्दिरको नगर भुईँहार (पुजारी) रहँदै आएका छन् ।


अतः पुर्खाले चलाएको परम्पराको निर्वाह गर्दै रमेश चन्द्र कुमाल पनि वर्षमा १ पटक काली माता मन्दिरमा हुने नगर पुजैया कार्यक्रममा भुईँहार भई एक सातासम्म पुजाआजा गर्ने गर्छन् । यस नगर पुजैया कार्यक्रममा रमेश चन्द्र कुमालमाथि माता कालीको सवारी हुने गर्छ ।


माता शिरमा आउँदा माता कालीका भक्त उनीसँग भाकल मान्छन् र आफ्नो सुख दुःखको कुरा मातासँग सोध्छन् ।

अधिकांश पहेंलो केशरिया वस्त्र धारण गरी बाटोमा हिँड्दा उनीलाई चिन्ने जान्नेहरुले उनीलाई भुईँहारे नै भन्ने गर्छन् ।
यसरी टोलमा रमेश चन्द्र कुमाल नामले कमै तर भुईँहारे नामले अधिकांशहरुले उनीलाई चिन्छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »