सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ट्रेड व्यापारमा सफल चिरिञ्जीवी वली


नेपालगञ्ज,नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन आउन केही दिन मात्रै बाँकी छ । माघ ११ गते मतदान हुने दिन नजिकिदै गर्दा प्रचारप्रसारले तिव्रता पाएको छ ।

उम्मेदवारहरु सामुहिक र ब्यक्तिगत मत माग्न ब्यस्त छन् । अव्दुलवाहिद मन्सुरी चुन्ना नेतृत्वको समावेशी प्यानलबाट सदस्य पदका उम्मेदवार चिरिञ्जीवी वली युवा पुस्तामाझ लोकप्रिय रहनुभएको छ ।

असल शासनको अभियानता, पत्रकारिता हुँदै ‘टे«ड बिजनेश’ मा सफल रहनुभएका युवा व्यवसायी हुनुहुन्छ ओली । असल शासनको अभियन्ता हुँदै ओलीले २०६० सालपछि रेडियो भेरी आवाजबाट सक्रिय पत्रकारिता सुरु गर्नुभयो ।

उहाँले चलाउनुभएको रेडियो बहस र सामाजिक उत्थानका कार्यक्रम उत्कृष्ट मानिन्थ्यो भने त्यसक्रममा थुप्रै स्रोता पनि कमाउनुभएको थियो ।
२०६६ सालपछि उहाँ व्यवसायीक क्षेत्रमा अग्रसर हुनुभयो । इलेक्ट्रोनिक्स व्यवसायका क्षेत्रमा अब्बल ओली ओली टे«ड लिंकका प्रोपराईटर हुनुहुन्छ ।

ओलीले लगनशिल र इमानदार भएर आफ्नो पेशा व्यवसाय गर्दै आउनुभएको छ । यही कारणले उहाँको फर्म उत्कृष्ट बन्दै पटक पटक पुरस्कृत भएको छ ।


ओली व्यवसायी क्षेत्रमा यस्ता युवा नेताका रुपमा स्थापित हुनुहुन्छ जो निडर भएर व्यवसायीका पक्षमा जहाँ पनि बोल्ने सार्मथ्य राख्नुहुनछ । नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनको संस्थापक महासचिव हुँदै अहिले अध्यक्ष हुनुहुन्छ ।
भर्खरै स्थापना भएको उक्त एशोसिएसनलाई स्थापित गर्न उनले नेतृत्वदायी भूमिका निभाउनुभएको थियो ।
इलेक्ट्रोनिक्स एशोसिएसन छोटो समयै व्यवसायी माझ चिनिन सफल भएको छ । ओली नेपाल मोवाइल बितरक संघको केन्द्रीय उपाध्यक्ष समेत हुनुहुन्छ ।

ओली लायन्स क्लव अफ नेपालगन्ज युथको अध्यक्ष सहित बिभिन्न संघसंस्थामा रहेर सामाजिक कार्यक्रममा सक्रिय हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »