सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रक्त संचार दिवसमा लोकप्रिय लोकप्रिय सन्देश दैनिकको रक्तदान

नेपालगञ्ज, रक्तसंचार दिवसको अवसरमा नेपालगञ्जमा सोमबार रक्तदान कार्यक्रम गरिएको छ ।

लोकप्रिय सन्देश दैनिकको आयोजनामा भएको रक्तदानको नेपाल रेडक्रस सोसाईटी बाँकेका सभापति गोवद्र्धनसिंह सम्झना, उपसभापति शान्ति श्रेष्ठ र जिल्ला समन्वय समिति बाँकेका सल्लाहकार मिनवहादुर मल्लले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा नेकपा बाँकेका नेता रत्न खत्री, रेडक्रसकर्मी यमनारायण महतो, निरञ्जना मल्ल, निजामती कर्मचारी बालकृष्ण चौधरी, लोकप्रियकर्मी विनोद भट्टराई, दिनेश ठाकुर, पत्रकार पवन जायसवासल, जागेश्वर थारु, कृष्ण वली लगायतले रक्तदान गर्नुभएको छ ।

कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, बरिष्ठ साहित्यकार सनत रेग्मी लगायतको सहभागिता थियो ।

लोकप्रिय सन्देशले दुईवर्षअघिदेखि नियमितरुपमा त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्तसंचार केन्द्रमा जारी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »