सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चितवनको रत्ननगरमा सहकारी सन्जाल गठन

डिलकुमारि नेपाल,चितवन साउन १३ । रत्ननगरमा छरिएर रहेका सहकारीहरुलाई एकिकृत गदै सहकारी सञ्जाल नाम दिई गठन गरिएको हाे। उत्पादनशील कार्यमा नगरपालिकासँग सहकार्य गर्न सहकारीको सञ्जाल गठन गरिएको छ ।
सञ्जालकाे अध्यक्षमा समेत रहुनुभएकि ऋतु गिरी चयन भएकी हुन। गिरी उज्ज्वल महिला विकास वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष समेत हुन् । सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरुको भेलाले गिरीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएकाे छ ।रत्ननगरमा विभिन्न प्रकृतिका ६७ वटा सहकारी संस्था रहेका छन् । नगरभित्र २३ वटा वचत तथा ऋण सहकारी, १९ वटा कृषि सहकारी, ११ वटा दुग्ध सहकारी, ५ वटा बहुउद्देश्यीय सहकारी, ४ वटा पर्यटन सहकारी, ३ वटा सामाजिक उद्यमी सहकारी, १ सञ्चार सहकारी र १ जडीबुटी सहकारी रहेका पाईन्छ ।रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सहकारीहरु बचत र ऋण प्रवाहमा मात्र केन्द्रित भएकाले उत्पादनशील काम गर्नुपर्ने जनाए। मेयर वनले ‘सहकारीसँग धेरै रकम हुने बताए । सहकारीलाई एकिकृत गरि समृद्ध नगर बनाउनुपर्छ, त्यसमा सहकारीलाई आबद्ध गराइनेछ ।जसमा
सञ्चाल गठनले नगरका कार्यक्रममा समावेश गर्न सहज हुने हुदा सहकारीलाई सघाउन पुर्याउने,रोजगार सृजना हुने खालका व्यवसाय र उत्पादनसंग जोडिने कार्य गर्न मदत पुग्ने समेत मेयर वनको अाशा रहेकाे पाईन्छ ।हाल यहि सहकारिलाई बलियाे बनाउन समेत यश सञ्जालले टेवा पुगने उहाँले बताउनुभयाे।

भर्खरै

सम्बन्धित खबर

Language »