सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन मौसमविदको आग्रह

काठमाडौं । अहिले देशका विभिन्न ठाउँमा मध्यमस्तरको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दा पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनेछ ।

आज दिउँसो अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो ठाउँमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

बर्दिया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानले सयौँ घरपरिवार प्रभावित भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »