सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वीरगन्जमा कोरोना संक्रमित महिलाले आइसोलेसनमै छोरी जन्माइन्

काठमाडौं। वीरगन्ज स्थित कोभिड अस्पतालमा उपचाररत एक संक्रमीत महिलाले आइसोलेसनमै जन्माएकी छिन् ।

कोरोना संक्रमित वीरगन्ज–१ छपकैयाकी ३१ वर्षीया महिलाले शुक्रबार बिहान ४ बजे छोरी जन्माएकी हुन्।

आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

ती महिलालाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार साँझ बेथाले च्यापेपछि सुत्केरी गराउन उनलाई नेशनल मेडिकल कलेजको प्रसूती गृहमा लगेर भर्ना गरिसकिएको थियो ।

संक्रमित महिला सुत्केरी गराउनका लागि मेडिकल कलेजमा भर्ना भएको खबर पाएपछि कोभिड अस्पतालका चिकित्सकले राति साँढे एक बजे उनलाई कोभिड अस्पतालमा ल्याएका थिए।

नवजता शिशुको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि शुक्रबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »