सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गुल्मीमा पहिरोले पुरिएर एकै परिवारको ४ जनाको मृत्यु

गुल्मी। गुल्मीको रूरूक्षेत्र गाउँपालिका ५ मा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

पहिरोले घर पुरिँदा रूरूक्षेत्र ५ बम्घा आटीपाटाकी ३० वर्षीया बिना माझी (बोटे), उनका छोराहरु ९ वर्षीय सागर, ७ वर्षीय हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो।

बिनाका पति राजु माझी (बोटे) भने रोजगारीको सिलसिलामा भारतमा छन्।

उद्धारका प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »