काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष एसइईको परीक्षाको नतिजा आगामी मंगलबारसम्ममा प्रकाशन गर्ने भएको छ ।
परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बोर्डले जनाएको छ ।
बोर्डले सकेसम्म आगामी सोमबार र ढिलामा मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको जनाएको छ ।
एसइई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने छ ।