काठमाडौं। विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबार यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् ।
योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो ।
कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् ।
बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् ।
यस्तै एकै दिन ६ हजार ८३० जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या ७ लाख ११ हजार १०८ पुगेको छ ।