काठमाडौं। रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ ।
रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ)का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका छन।
ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसँग सम्झौता पनि भैसकेको छ ।
भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गरेका छन ।
रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ ।
रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।