काठमाडौं। बेलारुसमा सरकारविरुद्ध प्रदर्शन चर्किँदै गएको छ । राष्ट्रपति एलेक्जेडर लुकासेन्कोविरुद्ध हजारौँ मानिस सडकमा आएपछि अवस्था तनावपूर्ण बनेको हो ।
राजधानी मिन्स्कलगायतका ठाउँमा धेरैको संख्यामा प्रहरी खटाइएको बीबीसीले जनाएको छ।
अहिलेसम्म १ सय २५ जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीले राष्ट्रपतिले पद छाड्नुपर्ने बताउँदै आएका छन् ।
गएको अगस्ट ९ मा भएको चुनावमा धाँधली गरेको भन्दै राष्ट्रपतिविरुद्ध प्रदर्शन हुँदै आएको छ ।
सन् १९९४ देखि सत्तामा रहेका लुकासेन्कोले ८० दशमलव १ प्रतिशत मत प्राप्त गरेको निर्वाचनसम्बन्धी निकाय सेन्ट्रल इलेक्सन कमिसनले बताएको छ ।