काठमाडाैँ । गाउँपालिकाको मातहातमा रहेका सम्पूर्ण विद्यालयका शिक्षकहरुको तेमाल गाउँपालिकाले नि:शुल्क कोरोना बिमा गर्ने भएको छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेट वक्तव्य बुँदा नं. २८५ मा उल्लेख गरे अनुसार तेमाल गाउँपालिकाले तेमाल गाउँपालिकाको विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षकहरुको नि:शुल्क कोरोना बिमा गर्न लागेको शिक्षा अधिकृत केदार प्रसाद ढकालले सूचना प्रकाशित गरी जानकारी दिएका हुन् ।
सूचना प्रकाशित भएको एक हप्ता भित्रमा विद्यालयको लेटर प्याडमा सम्पुर्ण विवरण उल्लेख गरि गाउँपालिकाको कार्यलयमा बुझाउन अनुरोध पनि गरेका छन् ।
यसै गरी सरकारी स्रोतबाट तलब भत्ता खाने सम्पूर्ण शिक्षक कर्मचारीहरुले यही भदौ २५ गतेसम्म सम्पति विवरण पेश गर्न पनि आह्वान गरेको छ ।
बाँकी सूचना पढ्नु होला ।
सम्पति विवरणकाे सूचना