सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निषेधाज्ञा खुकुलो भएसँगै नयाँ श्रम स्वीकृति लिनेको भीड

काठमाडौँ । उपत्यकामा निषेधाज्ञा खुकुलो हुनेबित्तिकै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको छ ।

मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो साता खुलाउने निर्णय गरेको थियो । यद्यपि बिहीबारबाट उपत्यकामा जनजीवन खुुकुलो भएसँगै नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको हो ।

भीड बढे पनि श्रम कार्यालयले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालन गरेर सेवा दिइरहेको जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले श्रम स्वीकृति दिने निर्णय गरेको दिनदेखि लागू भए पनि निषेधाज्ञा खुकुलो भएपछि सेवा लिनेको चाप बढेको जानकारी दिए ।

वैदेशिक रोजगार विभागले नयाँ र पुरानो श्रम स्वीकृति दिने निर्णय गरेसँगै सम्बन्धित रोजगारदाता कम्पनीले नो अब्जेक्सन लेटर दिएकालाई मात्र श्रम स्वीकृति दिने सूचना भदौ १७ गते नै जारी गरेको छ ।

विभागको पछिल्लो निर्णयअनुसार पहिले श्रम स्वीकृति दिने नीतिसँंगै विभिन्न तीन मापदण्डलाई आधार मानेर नयाँ तथा पुरानो श्रम स्वीकृति दिने उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »