सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

श्राद्धको प्रसाद खाँदा कैलालीमा एक जनाको मृत्यु, १९ जना बिरामी

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा श्राद्धको प्रसाद खाँदा एक जनाको मृत्यु भएको छ भने १९ जना बिरामी परेका छन्।

नगरपालिकाको वडा नम्बर १० खमौरामा २७ गते स्थानीय भीम विष्टका घरमा गरिएको श्राद्धमा प्रसाद खाएकाहरू बिरामी भएका हुन्।

१८ वर्षीय सुरेश बोहराको मृत्यु भएको हो। उनी २७ गतेदेखि नै बिरामी परेका थिए। पद्मा अस्पतालमा उपचार गरी फर्केका उनी फेरि बिरामी भएपछि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएको केही घण्टामै मंगलबार बेलुका ५ बजेतिर बोहराको मृत्यु भएको वडा अध्यक्ष रविन्द्र शाहीले बताए।

बिरामी परेकाहरूमध्ये १२ सेती प्रादेशिक अस्पतालमा, ३ जना नवजीवन अस्पतालमा, २ जनाको माया मेट्रो अस्पताल धनगढीमा र २ जनाको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको वडा अध्यक्ष शाहीले बताए।

अझै बढीले प्रसाद खाएकाले बिरामी थपिन सक्ने उनको भनाई छ। सेती प्रादेशी अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले ‘फुड प्वइजनिङ’ भएर उनीहरू बिरामी परेको बताए।

केहीलाई बेहोस भइरहने, बर्बराउने, झाडाबान्ता हुनेजस्ता लक्षण देखिएको उनले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »